Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा १२ को परीक्षाफल : खड्ग माविको शतप्रतिशत नतिजा, नन्दनीले ल्याइन् ३.६३ जिपिए

कक्षा १२ को परीक्षाफल : खड्ग माविको शतप्रतिशत नतिजा, नन्दनीले ल्याइन् ३.६३ जिपिए

images
  • कक्षा १२ को परीक्षाफल : खड्ग माविको शतप्रतिशत नतिजा, नन्दनीले ल्याइन् ३.६३ जिपिए
    images
    images

    देवदह । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को परीक्षामा खड्ग माध्यमिक विद्यालय देवदहले शतप्रतिशत नतिजा हासिल गरेको छ ।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएको बताए । यस वर्ष विद्यालयबाट ६ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएकोमा सबैले उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमा उत्कृष्ट हुने छात्रा नन्दनी अग्रहरीले ३.६३ जिपिए प्राप्त गरेकी छन् । 

    images
    images
    images

    यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत, आंशिकतर्फ ४२.३८ प्रतिशत तथा समग्रमा ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

    गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ३५ दिनमै सार्वजनिक गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खड्ग मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।