Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सीमा नाकामा नेपाल प्रहरीको निगरानी, चोरी-तस्करी नियन्त्रणमा कडाइ

सीमा नाकामा नेपाल प्रहरीको निगरानी, चोरी-तस्करी नियन्त्रणमा कडाइ

images
  • सीमा नाकामा नेपाल प्रहरीको निगरानी, चोरी-तस्करी नियन्त्रणमा कडाइ
    images
    images

    पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी-तस्करी र आपराधिक गतिविधि शून्यमा झार्न थप कडाइ गरेको छ । हालै मात्र जिल्ला प्रहरी प्रमुखको रूपमा कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले सीमा क्षेत्रमा प्रहरीको गस्ती र निगरानीलाई तीव्र पार्दै तस्करीविरुद्ध कडा एक्सन सुरु गरेका हुन् । 

    images
    images
    images

    जिल्ला मातहतका विभिन्न प्रहरी युनिटहरूको स्थलगत निरीक्षण पश्चात्  प्रहरी प्रमुख एसपी केसीले जिल्लाको शान्ति सुरक्षा बलियो बनाउन र आपराधिक गतिविधि शून्यमा झार्न उच्च सतर्कताका साथ प्रहरी परिचालन गरिसकिएको जानकारी दिए । निरीक्षणका क्रममा उनले कार्यस्थलमा खटिएका प्रहरी कर्मचारीहरूलाई तस्करीका ‘लुप होल्स’ हरू बन्द गर्न र कार्यसम्पादनमा कुनै सम्झौता नगर्न कडा निर्देशन समेत दिए । 

    images
    images
    images

    ‘दोषी नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रहरीले काम गरिरहेको बताउँदै प्रहरी उपरीक्षक केसीले भने, ‘सीमावर्ती क्षेत्रमा थप निगरानी बढाएर चोरी-तस्करी र राजस्व चुहावट पूर्ण रूपमा नियन्त्रण गर्नु हाम्रो मुख्य लक्ष्य हो । यसमा कुनै पनि बहानामा सम्झौता हुँदैन । अवैध धन्दा गर्नेहरूमाथि प्रहरी निर्मम रूपमा प्रस्तुत हुनेछ ।’ उनले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन अहिले सीमा नाकाहरू, भित्री सडकखण्ड र सम्भावित ‘तस्करी रुट’हरूमा विशेष चेकिङ र मोबाइल गस्ती बढाइएको उल्लेख गरे । 

    images
    images
    images

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाबाट सरुवा भई आएका एसपी केसीले पश्चिम नवलपरासी खुला सीमाका कारण लागूऔषधको कारोबार र चोरी-पैठारीको मुख्य जोखिममा रहेको औंल्याउँदै यसलाई जिल्लाको मुख्य चुनौतीका रूपमा आफुले लिएको बताए । 

    चुनौती सामना गर्न प्रहरी एक्लैको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले लागूऔषध र तस्करी नियन्त्रणको महाअभियानमा आम जनता र सञ्चार क्षेत्रबाट पूर्ण सहयोग र सूचनाको अपेक्षा गरिएको बताए । जनताको विश्वास जितेर, नागरिकसँगको सहकार्य बलियो बनाउँदै जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई सुदृढ बनाउन जिल्ला प्रहरी कार्यालयले विशेष रणनीतिक योजनासहित काम अगाडि बढाइसकेको उनले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।