Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडिएकोप्रति सचिवालयको आपत्ति

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडिएकोप्रति सचिवालयको आपत्ति

images
  • विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडिएकोप्रति सचिवालयको आपत्ति
    images
    images

    काठमाडौँ । बजेट घोषणा हुनुभन्दा केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय गाडीको भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई जोड्दै अफवाह तथा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

    images
    images
    images

    अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले बजेट घोषणा हुनुभन्दा केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय गाडीको भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री वाग्लेलाई जोड्दै अफवाह तथा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन् ।

    images
    images
    images

    छानबिन प्रक्रिया जारी रहेकै अवस्थामा अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत धारणा स्थापित गर्ने र बजेटलाई विवादमा तान्ने उद्देश्यले प्रचारबाजी तथा ‘मिडिया ट्रायल’ गरिएको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    images
    images
    images

    सचिवालयले अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा धारणा बनाउँदा सम्बन्धित अधिकारीसँग सत्यतथ्य बुझ्न, अर्थतन्त्र, बजेट र भन्सारजस्ता प्राविधिक विषयमा तथ्य पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेको छ ।

    रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको भन्सार जाँचपास भएको भनिएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको र उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको पनि जनाइएको छ । त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका सवारीसाधनबारे पनि अर्थ मन्त्रालयको छानबिन समितिले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको छ ।

    अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवस्तरीय अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली हाल पनि घटनास्थलमा रहेर अनुसन्धानमा जुटिरहेको जनाइएको छ । प्रारम्भिक रूपमा भन्सार छलीको आशङ्कामा केही सवारीसाधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तथा यसको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइएको छ ।

    राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेर अनुसन्धान अगाडी बढाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।