Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

रुपन्देहीमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र मोटरसाइकलसहित एक पक्राउ

रुपन्देहीमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र मोटरसाइकलसहित एक पक्राउ

images
  • रुपन्देहीमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र मोटरसाइकलसहित एक पक्राउ
    images
    images

    बुटवल । रुपन्देहीको कोटहीमाई-५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई- २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् ।

    images
    images
    images

    निजले चलाएको युपी ५३ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो ।

    images
    images
    images

    बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रहेको छ भने अनुमानित ८० हजार मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार बराबरको सामान बरामद गरिएको छ । प्रहरीले आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भन्सार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।