Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सचिव पुष्करलाई नियन्त्रणमा लिएको घटनामा महेश बस्नेतको टिप्पणी- शुभ संकेत होइन

सचिव पुष्करलाई नियन्त्रणमा लिएको घटनामा महेश बस्नेतको टिप्पणी- शुभ संकेत होइन

images
  • सचिव पुष्करलाई नियन्त्रणमा लिएको घटनामा महेश बस्नेतको टिप्पणी- शुभ संकेत होइन
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेनलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको विषयप्रति आपत्ति जनाएका छन्।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सोधपुछपछि मुद्दा चलाउन पर्याप्त आधार नपुगेकाले सचिव पुष्करलाई रिहा गरिएको उल्लेख गर्दै सचिव बस्नेतले सार्वजनिक पदमा रहेका एक वरिष्ठ कर्मचारीले ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको वा व्यक्तिगत सन्देश पठाएको विषयलाई आधार बनाएर प्रहरी नियन्त्रणमा लिनु प्रशासनिक स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारका दृष्टिले गम्भीर प्रश्नको विषय भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    बस्नेतले सुशासनको अर्थ राज्य शक्तिको प्रयोग गरेर त्रास सिर्जना गर्नु नभई कानुन र संस्थागत मर्यादाको सम्मान गरेको बताएका छन् ।

    images
    images
    images

    उनले प्रश्न उठाउने र संवाद गर्ने वातावरण साँघुरिँदै जाने अवस्था लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।