Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

विष्णु पौडेलको पक्राउप्रति महेश बस्नेतको टिप्पणी- प्रतिशोधको भावनाले प्रेरित

विष्णु पौडेलको पक्राउप्रति महेश बस्नेतको टिप्पणी- प्रतिशोधको भावनाले प्रेरित

images
  • विष्णु पौडेलको पक्राउप्रति महेश बस्नेतको टिप्पणी- प्रतिशोधको भावनाले प्रेरित
    images
    images

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयमा टिप्पणी गर्दै फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न नसकिने बताएका छन् ।

    images
    images
    images

    नेता बस्नेतले कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि मात्र कानुनी कारबाही अघि बढ्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन।'

    images
    images
    images

    उनले यस्ता घटनालाई केवल व्यक्तिगत विषयका रूपमा मात्र नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

    उनले यस्ता प्रवृत्तिप्रति सजग रहनुपर्ने उल्लेख गर्दै ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ प्रतिवाद गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने सक्ने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।