Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

रणवीर सिंहले छोडेका चर्चित फिल्म : एनिमलदेखि कबिर सिंहसम्म

रणवीर सिंहले छोडेका चर्चित फिल्म : एनिमलदेखि कबिर सिंहसम्म

images
  • रणवीर सिंहले छोडेका चर्चित फिल्म : एनिमलदेखि कबिर सिंहसम्म
    images
    images

    काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह यतिबेला विभिन्न कारणले चर्चामा छन् । डन- ३ लाई लिएर फरहान अख्तर र रणवीर सिंहबीच विवाद भएको खबर सार्वजनिक भएपछि उनी थप चर्चामा आएका हुन् । चलचित्रबाट बाहिरिएपछि वेस्टर्न इन्डिया सिने इम्प्लोइजले उनीमाथि प्रतिबन्ध लगाएको बताइएको छ । यसबीच रणवीरले यसअघि अस्वीकार गरेका केही चर्चित चलचित्रबारे पनि चर्चा भइरहेको छ ।

    images
    images
    images

    सञ्जय लीला भन्सालीको चलचित्र ‘लभ एन्ड वार’ का लागि पनि रणवीर सिंहसँग छलफल भएको बताइएको छ । तर चलचित्रमा मुख्य भूमिका नरहेको कारण उनले प्रस्ताव अस्वीकार गरेका थिए । पछि उक्त भूमिका विक्की कौशललाई दिइएको थियो । अब उनी रणबीर कपुर र आलिया भट्टसँग चलचित्रमा देखिनेछन् ।

    images
    images
    images

    बलिवुडको सफल चलचित्र एनिमल पनि सुरुमा रणवीर सिंहलाई प्रस्ताव गरिएको बताइन्छ । तर कथाको गाढा र हिंसात्मक शैली मन नपरेपछि उनले चलचित्र गर्न अस्वीकार गरेका थिए । पछि उक्त भूमिकामा रणबीर कपुर देखिएका थिए ।

    images
    images
    images

    त्यस्तै फिल्म 'शाम बहादुर' का लागि पनि रणवीर सिंहको नाम चर्चामा आएको थियो । तर पछि यो भूमिका विक्की कौशलले निभाए । त्यसैगरी फिल्म ८३ मा कपिल देवको भूमिका निभाइसकेपछि तुरुन्तै अर्को जीवनीमा आधारित चलचित्र गर्न नचाहेकाले उनले चलचित्र छोडेको बताइन्छ ।

    निर्देशक सन्दीप रेड्डी वाङ्गाले ‘कबिर सिंह’ का लागि पनि रणवीर सिंहलाई प्रस्ताव गरेका थिए । तर चलचित्रको हिंसात्मक र गम्भीर कथावस्तु धेरै अन्धकारपूर्ण लागेको भन्दै उनले प्रस्ताव अस्वीकार गरेका थिए । त्यस्तै ‘बम्बे भेलभेट’ चलचित्रमा जोनी बलराजको भूमिकाका लागि पनि रणवीर सिंहको नाम अगाडि आएको थियो । तर अन्ततः उक्त भूमिका रणबीर कपुरले निभाएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रणवीर सिंह
  • # एनिमल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।