Logo

२०८३, आश्विन ९गते


images
images

बलिउड

डन-३ बाट निकालिए रणवीर सिंह !

डन-३ बाट निकालिए रणवीर सिंह !

images
  • डन-३ बाट निकालिए रणवीर सिंह !
    images
    images

    काठमाडौँ । बलिउड फिल्म धुरन्धरको सफलतापछि अभिनेता रणवीर सिंहले डन- ३ छोडेको रिपोर्ट बाहिर आएको छ । रिपोर्टका अनुसार रणवीरसँग उनको अनुचित माग र रचनात्मक भिन्नताका कारण निर्माण पक्षले उनलाई हटाएको बताइएको छ ।

    images
    images
    images

    इन्डिया टुडेले रिपोर्टका अनुसार निर्माता र रणवीरबीच रचनात्मक भिन्नताहरू थिए, जसले गर्दा निर्माताहरूले अभिनेतालाई फिल्मबाट हटाएका छन् । साथै निर्माताहरू रणवीरको मागसँग सहमत नभएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    रणवीरका पछिल्ला तीन फिल्महरू लगातार फ्लप भए पनि, फरहान अख्तर र रितेश सिधवानीले अझै पनि उनलाई मौका दिएका थिए । असफलताका कारण संजय लीला भन्सालीले बैजु बावरा फिल्म रद्ध नै गरेका थिए, तर फरहान र रितेश उनको साथमा रहेका थिए ।

    images
    images
    images

    विशेष गरी धुरन्धरको सफलतापछि रणवीर आफ्नो लगातारको असफलताबाट बाहिर आएका छन् र आफुलाई पुन बलिवुडको मेनस्ट्रीम अभिनेतामा पुनर्स्थापित गरेका छन् ।

    धुरन्धरको सफलतापछि र डन-३ नगर्ने निश्चित भएपछि उनले निर्माता जय मेहताको फिल्म प्रलयको छायांकन गर्न आग्रह गरेको बताइएको छ । रणवीर व्यक्तिगत रूपमा जय मेहताको फिल्मको मिति र तालिका अगाडी सार्न आग्रह गरेका छन् ।

    केहि रिपोर्टहरुले अहिले मिडियामा आएका तथ्य गलत रहेको र रणवीर डन-३ मा काम गर्ने दाबि गरेका छन् । यस विषयमा रणवीर सिंह र फिल्मका निर्माताहरुले अहिलेसम्म कुनै अपडेट भने दिएका छैनन् ।  २०२३ मा घोषणा गरिएको यो फिल्मको छायांकन अझै निश्चित भएको छैन । फेरी मुख्य अभिनेताकै खोजीमा निर्माण पक्ष भएकाले यो फिल्म कहिले आउछ भन्ने स्पष्ट छैन । डन फिल्म सबै भन्दा पहिले १९७८ मा रिलिज भएको थियो । यस फिल्ममा अमिताभ बच्चन, जीनत अमान, प्रान लगायतले अभिनय गरेका थिए ।

    त्यसपछि डनको रिमेक २००६ मा रिलिज गरिएको थियो । फरहान अख्तरको निर्देशनमा बनेको यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । त्यसपछि डन-२ २०११ मा रिलिज गरिएको थियो । यसमा पनि शाहरुख खान मुख्य भूमिकामा थिए ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डन-३
  • # रणवीर सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।