देवदह । नमुना एभरग्रीन इङ्गलिस बोर्डिङ स्कुल देवदहमा शैक्षिक सत्र २०८३ का लागि एभरग्रीन क्लब र इको क्लब गठन गरिएको छ । आगामी शैशिक्षक सत्रका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले क्लबहरु गठन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संयोजक राज कँवरका अनुसार २०८३ साल जेठ ७ गते कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको भेलाबाट क्लब गठन गरिएको हो । क्लब गठनपछि आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य कमल पौडेलले नवगठित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले विद्यालयमा गठन हुने क्लबमा सक्रिय सहभागिता जनाउँदा विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको धारणा समेत राखे ।
एभरग्रीन बाल क्लबको अध्यक्षमा सनिस्ता पाख्रिन, उपाध्यक्षमा नुर्याङ सारु सचिवमा सुस्मिता चालिसे, सहसचिवमा सुदिक्षा राय क्षेत्री, कोषाध्यक्षमा अनुष्का पाण्डे र सह–कोषाध्यक्षमा रेशम गिरी चयन भएका छन् । यसैगरी सदस्यहरूमा गौरव पाण्डे, आरोसी आचार्य, प्रज्वल गिरी, सर्वज्ञ पाण्डे, दिपीका चालिसे, अमृत रेग्मी , देव बहादुर थापा र शिक्षक प्रतिनिधि हिमाल आले रहेका छन् ।
त्यसैगरी इको क्लबको अध्यक्षमा गृष्मा सोमै, उपाध्यक्षमा शिवम आचार्य, सचिवमा साइरा गुरुङ तथा कोषाध्यक्षमा शिशिर पाण्डे चयन भएका छन् । क्लवको सदस्यहरूमा शिवम गिरी, युसन गिरी, अर्पण हमाल, यान्सी गुरुङ, जिवन घर्ती मगर, खुस्बु गुप्ता, आकृती चालिसे र शिक्षक प्रतिनिधिमा अनु वरई चयन भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology