देवदह । नमुना एभरग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल देवदह २ मा वार्षिक खेल सप्ताह सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यालयका प्रिन्सिपल कमल पौडेलले खेलकुद शारीरिक र मानसिक तन्दुरुस्तीका दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहने बताए । खेलकुदले मनोरञ्जन दिनुकासाथै शरीरलाई तन्दुरुस्त राख्ने काम गर्ने र यसको माध्यमबाट पनि विद्यार्थीहरु देश, बिदेशमा परिचित हुने उल्लेख गरे ।
२ दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १९ विधामा प्रतिस्पर्धा रहने र करिब दुइ सय ५० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने अतिरिक्त क्रियाकलप संयोजक राज कुँवरले जानकारी दिए ।
पहिलो दिन सम्पन्न एक सय मिटर छात्रतर्फ विनोद शाही ठकुरी प्रथम , साहिल थापा दितिय र शिसान सिंह ठकुरी तृतीय भएका छन । त्यसैगरी सोहि प्रतिष्पर्धाको छात्रातर्फ एलिना गाहा, समीक्षा थापा र रविका राना क्रमशः प्रथम, द्धितिय र तृतीय हुन सफल भएका छन् ।
त्यसैगरी लङ्गजम्प छात्रतर्फ रोमन थापा, अमन थापा र अनमोल तामाङ क्रमशः प्रथम, द्धितिय र तृतीय भए ।
विद्यालय संयोजक सृष्टी बरालको संचालन र शिक्षक पार्वती गाहा र अञ्जु कुमालको सहजीकरणमा पहिलो दिनको खेलहरु सम्पन्न भएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology