Logo

२०८३, आश्विन १०गते


images
images

देवदहका ३ सहित रुपन्देहीका १५ विद्रोही उम्मेदवार एमालेबाट निष्कासित  (सूचि सहित)

देवदहका ३ सहित रुपन्देहीका १५ विद्रोही उम्मेदवार एमालेबाट निष्कासित  (सूचि सहित)

images
  • देवदहका ३ सहित रुपन्देहीका १५ विद्रोही उम्मेदवार एमालेबाट निष्कासित  (सूचि सहित)
    images
    images

    देवदह । नेकपा एमाले रुपन्देहीले पार्टी निर्णय विपरीत उम्मेदवारी दिने कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले रुपन्देहीले देवदहका ३ सहित १५ जना विद्रोही उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको हो ।

    images
    images
    images

    पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा आगामी २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सिंगो पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रीत भइरहेको अवस्थामा पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई आजैदेखि लागु हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरिएको जनाईएको छ । 

    images
    images
    images

    यसरी पार्टीबाट निष्कासन हुनेहरूमा देवदह नगरपालिकाबाट हरिबहादुर तामाङ, तोलराज विक र पदम थापा रहेको विज्ञप्तिमा उल्लेख छ । 
    यद्यपि आज निष्कासन गरिएका भनिएका देवदहका पदम थापाले यसअघि शुक्रबार नै आफ्नै निवासमा पत्रकार सम्मेलन गरि चार दशक बढि काम गरेको पार्टीबाट राजिनामा गरेको घोषणा गरेका थिए ।

    images
    images
    images

     

    यी हुन निष्कासन गरिएको भनिएका व्यक्तिहरु :

    १. देवदह नगरपालिका वडा नं. १ निवासी हरिबहादुर तामाङ्ग
    २. देवदह नगरपालिका वडा नं. ५ निवासी तोलराज बि.क.
    ३. देवदह नगरपालिका वडा नं. ७ निवासी पदम थापा
    ४. ओमसतिया गाउपालिका वडा नं. २ निवासी इन्द्रजित यादव
    ५. ओमसतिया गाउपालिका वडा नं. ४ निवासी बेचुराम जयसवाल
    ६. ओमसतिया गाउपालिका वडा नं. ४ निवासी रामशंकर चाई
    ७. रोहिणी गाउँपालिका वडा नं. १ निवासी अनिता हरिजन
    ८. रोहिणी गाउपालिका वडा नं. २ निवासी कान्छा कोहार
    ९. रोहिणी गाउपालिका वडा नं. ४ निवासी नन्दकिशोर कुर्मी
    १०. रोहिणी गाउँपालिका वडा नं. ५ निवासी पशुपतिनाथ यादव
    ११. बुटवल उपमहानगरपालिका वडा नं. १६ निवासी बविता आचार्य १२. सियारी गाउँपालिका वडा नं. ४ निवासी श्रीप्रसाद श्रेष्ठ
    १३. गैडहवा गाउँपालिका वडा नं. ६ निवासी नरेन्द्रप्रताप सिंह
    १४. तिलोत्तमा नगरपालिका वडा नं. ६ निवासी हरी पाण्डे 
    १५. तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी हरी पौडेल received_1012990129612168.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।