२० वैशाख काठमाडौ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमणका विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित र संक्रमितबाट मृत्यु हुनेको संख्या दैनिक उकालो लागीरहेको छ । यो संगै कोरोना भाइरसले नेपालमा दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ ।
यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology