Logo

२०८३, कार्तिक २७गते


images
images

उम्मेदवारसंग छैनन् युवालाई गाउँ फर्काउने एजेन्डा, रित्तो घरमा घरदैलो ! 

उम्मेदवारसंग छैनन् युवालाई गाउँ फर्काउने एजेन्डा, रित्तो घरमा घरदैलो ! 

images
  • सेतोमसी सहकर्मी
  • उम्मेदवारसंग छैनन् युवालाई गाउँ फर्काउने एजेन्डा, रित्तो घरमा घरदैलो ! 
    images

    कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे निर्वाचनकाे माहौल तातेकाे छ तर गाउँका मतदाता हरु शहर तिर छन । रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकमा उम्मेदवार हरु घरदैलाेमा पुग्दा अधिकाँश घरहरुमा ताल्चा मारिएकाे भेटियाे ।

    images
    images
    images

    तथ्यांकका आधारमा गाउँमा तीस प्रतिशत घरहरुमा बुढा बा आमा र कहिँकतै युवा वयस्क र अधवैशेहरु बस्छन तर अधिकाँश घरका दलानमा ल्याउ लागेकाे छ । घर मुसाले खाेलेर लठबज्रै छ । गाेठ कटकुराे उरिमकाे थातथलाे छैन ।बारिमा बनमारा र कुराे उम्रिएकाे छ यहि हाे गाउँकाे यथार्थता ।

    images
    images
    images

    घरहरुमा पुग्दा बुढा ब आमाले नजिकै पुगेपछि मात्र चिन्छन
     छाेराछाेरी शहर तिर कि विदेशिएका छन । तिनै वासिन्दाका माझमा राजनैतिक दलहरु विचारका पुलिन्दा बाेकेर पुगेका छन तर ती बुढा बा आमाले के बुझ्छन बुझ्दैनन यसकाे सराेकार छैन ।

    images
    images

    रुरुक्षेत्र १ च्यूरेकका ७३  वर्षिय गाेपाल ज्ञवाली आफ्नाे बाजेको थातथलाे कुरेर बस्नु भएकाे छ । वहाँ पनि कताकति गाउँ कुर्ने मध्येका एक हुनुहुन्छ । जीवन गाउँमै  खेति किसानि गरेर जीवन यापन गरेका च्यूरेकका उद्यमी यी बृद्ध किसानकाे बारीमा पुग्दा डमक्कै फलफुल छ । तरकारी छ तर राज्य यी बृद्ध प्रति उदासिन छ । हरेक पटक यी किसानले कहिँ कतैबाट आफुलाई नहेरेकाे कुरा राख्छन नेताले सुन्छन जान्छन । कसलाई भाेट दिएर के भाे र भाेट दिएपछि कसैले फर्केर हेर्दैन जीवन खेतीपातीमा बित्याे । यतिका वर्ष कसैले हेरेन । अब गाउँ छाडेर छाेरा बुहारी जता छन उतै जानुपर्ने भयाे निराशा छ गाेपाल ज्ञवालीमा ।

    त्यसाे त गाउँ घरमा पानी बिजुली सडक फाेन सबै सुविधा छ तर राेजीराेटीकाे व्यवस्था नहुँदा गाउँमा बस्ने बाताबरण बनेकाे देखिँदैन । हरेक पटक पार्टीहरुले एजेन्डा ल्याउँछन तर डाेजरले दशैँमा बारी र ढिकढाक काेतर्ने बाहेक काम केही भएकाे देखिदैन ।  

    याे स्थानीय निर्वाचनमा पनि एजेन्डाहरु बाेकेर पार्टीका उम्मेदवार गाउँ पसेका छन तर अबकाे एजेन्डा के हुनु पर्छ यसमा अन्यौलता कायमै छ । अरुले गरेका विकासका कामहरुकाे जस आफुले लिने र अनावस्यक हावा गफका एजेन्डाहरु बाेक्ने राजनैतिक दल र तिनका उम्मेदवारहरुकाे पहिलो नजर गाउँ कुरेर बस्ने बा आमा केन्द्रित रहँदै ती बुढा बा आमालाई पाल्न छाेराबुहारी गाउँ फर्कने एजेन्डा आवस्यक छ ।

    तिनै बुढा बा आमाका लागि गाउँ गाउँ र टाेलटाेलमा डे केएर सेन्टर, आवासीय बृद्धश्रम, टाेलटाेलमा सुलभ स्वास्थ सेवा, घरघरमा फ्रि वाईफाई सेवा सँगै, गाउँमा वेवारिसे बनाएर छाडेका जग्गाकाे लगत सँकलन र ती जग्गाहरु लिजमा दिने व्यवस्था, आधुनिक कृषि याेजना, खेति प्रणाली, जँगली जनावरबाट खाेतिपतीकाे सुरक्षा, मल बीउ विजन र कृषि प्राविधिक सहितको कृषि एम्बुलेन्स सेवा लगाएतका एजेन्डा र मुख्य रुपमा युवा लक्षित कार्यक्रमका एजेन्डा गाउँका लागि उपयुुक्त छन ।

    हरेक पटक प्रजातान्त्रिक समाजवाद, वहुदलिय जनवाद, एक्काईसौँ शताव्दिकाे जनवाद, प्रजातान्त्रिक उदारवादका फाेस्रा राजनैतिक एजेन्डामात्र ल्याउने र जिते पछि पाँच वर्ष हात मिलाउने बात मिलाउने, मन्चमा बसेर काेट टक्टक्याउने मात्र हाे भने गाऊँ रित्तिँदै जानेछ र रित्ता घरहरुमा भाेट माग्नु पर्ने बाध्यता हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।