Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ

पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ

images
  • पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ
    images
    images

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् ।

    images
    images
    images

    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।