Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा चौथो यशोधरा उत्सव

देवदहमा चौथो यशोधरा उत्सव

images
  • देवदहमा चौथो यशोधरा उत्सव
    images
    images

    देवदह । रुपन्देहीको देवदह-७ शितलनगरस्थित यशोधरा पार्कमा चौथो यशोधरा उत्सव मनाइएको छ । सृजना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बुद्ध पूर्णिमाको पूर्वार्धमा उत्सव गरिएको हो ।

    images
    images
    images

    सृजना सामुदायिक वनले विगत केही वर्षदेखि बुद्ध पूर्णिमाको अवसरमा यशोधरा उत्सव आयोजना गर्दै आएको छ । देवदह यशोधरा, मायादेवी र प्रजापति गौतमीसँग सम्बन्धित ऐतिहासिक स्थल भएकाले उत्सव मनाउने गरिएको समूहका अध्यक्ष सम्झना डुवेले बताइन् ।

    images
    images
    images

    उत्सवमा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले यशोधरा पार्कलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले गौतम बुद्धले दिएको शिक्षालाई आत्मसात गरे शान्ति कायम हुन सक्ने उल्लेख गर्दै उनका उपदेश अनुसरण गर्नुपर्नेमा जोड दिइन् ।

    images
    images
    images

    उपप्रमुख गुरुङले देवदह ऐतिहासिक स्थल भएकाले नगरपालिकाले यसलाई पर्यटकीय हबका रूपमा विकास गर्न विभिन्न योजना अघि सारेको उल्लेख गर्दै देवदहका ऐतिहासिक स्थल उत्खननका लागि लुम्बिनी विकास कोषसँग सहकार्य गरी बजेट व्यवस्था गरिएको बताइन् ।

    कार्यक्रममा यशोधरा भिक्षुणी विहार शितलनगरका अधिपति उपेख्या गुरुमाले बुद्ध प्रवचनसँगै यशोधराबारे जानकारी दिएकी थिइन् ।

    कार्यक्रममा देवदह-७ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत, समूहका सदस्य गंगाराम गैरे लगायतले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यशोधरा
  • # यशोधरा उत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।