Logo

२०८३, आश्विन १०गते


images
images

'एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरू सम्प्रेषण गर्न पत्रकारहरुलाई  आग्रह'

'एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरू सम्प्रेषण गर्न पत्रकारहरुलाई  आग्रह'

images
  • 'एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरू सम्प्रेषण गर्न पत्रकारहरुलाई  आग्रह'
    images
    images

    कपिलबस्तु । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु सम्प्रेषण गर्न पत्रकारहरुलाई  आग्रह गरेका छन् ।
    प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजित प्रचार भेलालाई सम्बोधन गर्दै उनले कामहरुको व्यापक प्रचार-प्रसार गर्न  निर्देशन दिएका हुन् ।

    images
    images
    images


      एमाले र मतदाताहरुको पुलको रुपमा प्रचार क्षेत्रमा खटिएकाले भूमिका निर्वाह गर्न उनले आग्रह गरे । उपमहासचिव गुरुङले नेकपा एमालेविरुद्ध गलत प्रचार र घेराबन्दी भइरहँदा प्रचार कार्यकर्ताहरुले त्यसको खण्डन गर्दै जनतालाई सहि सूचना दिनुपर्ने अहिलेको समय रहेको बताएका थिए । उनले एमाले विरुद्धका गलत र भ्रामक प्रचारहरुलाई मेटाउन प्रचार कार्यकर्ताहरुले पनि नसकेको भन्दै अब त्यस्ता भ्रामक प्रचारलाई मेट्ने गरी लाग्न आग्रह गरे ।

    images
    images
    images

    एमालेको संगठन र कार्यशैलीप्रति अरु राजनीतिक दल र संघसंगठनहरुले समेत इश्र्या गर्ने गरेको उल्लेख गर्दै एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने गुरुङले बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम गरेको छ छैन भनेर खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरुको रहेको उनको भनाइ थियो । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेको देशव्यापी लहरले सत्तागठबन्धन अत्तालिएको बताए ।

    images
    images
    images

    उनले प्रविधिको युगमा एमाले र प्रचार कार्यकर्ताहरु प्रविधिबारे जानकार हुनुपर्ने रवास्तविक तथ्यांक जनतासमक्ष पुराउनुपर्ने बताएका थिए । प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, महासचिव निरु गौतमको संचालन तथा कपिलवस्तु अध्यक्ष जानु पाण्डेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, एमाले प्रदेश सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य इन्दिरा अर्याल र केन्द्रिय सदस्य पार्वती पाण्डेले प्रचारको कामलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए । लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको प्रचार भेलाले ९ बुंदे घोषणापत्रसमेत जारी गरेकाे छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।