देवदह । साना किसान कृषि सहकारी संस्था, देवदह-६ को नीति निर्माण, पुनरावलोकन तथा समिक्षा एवं बजेट तर्जुमा गोष्ठी सुरु भएको छ । आइतवारदेखि पाल्पाको नुवाकोटमा सुरु भएको गोष्ठी तीनदिनसम्म चल्नेछ ।
गोष्ठीमा संस्थालाई चलायमान बनाउन आवश्यक नीति निर्माण, पुनरावलोकन, बजेट समिक्षा तथा बजेट तर्जुमा गरिने संस्थाका व्यवस्थापक सरला सुवेदीले जानकारी दिइन् ।
गोष्ठीमा बोल्दै अध्यक्ष सहकारी टिका न्यौपानेले गरिबी निवारण गर्न सदस्यलाई उद्यमी बनाउनुपर्ने बताइन् । सदस्यलाई ऋण प्रवाह मात्र नभई सीपमूलक बनाउँदै उद्यमशीलतासँग जोड्न आवश्यक रहेको उनको भनाइ छ ।
उद्घाटन सत्रमा वक्ताहरूले संस्थाको कार्यविधिअनुसार मात्र काम गर्नुपर्ने बताए । उनीहरूले विधि र प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख नारायण घिमिरे र लुम्बिनी प्रदेश कृषि सहकारी संघका प्रवन्धक रमेश घिमिरेले सहजीकरण गरिरहेका छन् ।
गोष्ठीमा सञ्चालक समिति, सदस्य, पूर्व पदाधिकारी, लेखा समिति तथा सेवा केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology