Logo

२०८३, श्रावण २७गते


images
images

भ्रमण विवादले साना किसान सहकारीमा बबाल

भ्रमण विवादले साना किसान सहकारीमा बबाल

images
  • भ्रमण विवादले साना किसान सहकारीमा बबाल
    images
    images

    देवदह । सहकारीमा हुने ठगी र अनियमितताका खबरले देश तताइरहेका बेला देवदह नगरपालिका वडा नं ३ मा अवस्थित साना किसान कृषि सहकारी संस्थामा भ्रमणको विषयमा विवाद भएको छ । सोमबार सहकारीको कार्यालयमा पुगेका शेयर सदस्यले भ्रमण र पिकनिकको बहानामा सञ्चालक समितिले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाए । 

    images
    images
    images

    समूह बनाएर दिउँसो १२ बजेको समयमा सहकारीको कार्यालयमा पुगेका असन्तुष्ट पक्ष र सहकारीका संचालक सदस्य बीच चर्काचर्की नै भयो ।  

    images
    images
    images

    भ्रमणको विरोध गर्न सहकारीमा पुगेको टोलीका यमलाल भट्टराईले पटक-पटक भ्रमण जाने तर त्यसको कुनै उपलब्धि नदेखिएको भन्दै आक्रोश पोखे । मुगु पुगेर रारा ताल घुम्ने, सिक्किम, दार्जिलिङ्ग जस्ता ठाउँमा भ्रमण गर्ने बाहेकका अन्य काम सहकारीले गर्न नसकेको उनको आरोप छ । 

    images
    images
    images

    त्यसैगरी अर्का शेयर सदस्य लोकराज भारतीले कार्यालय व्यवस्थापन राम्रो नभएको, सिसि टिभी क्यामरा बिग्रिएको अवस्थामा हुँदासमेत मर्मत गर्न नसकेको तर भ्रमण जाने निणर्य भने भैरहेको आरोप लगाए । 

    शेयर सदस्य रुपा थापाले मल लिन आउँदा किसानले मल नपाउने, आवश्यक मल ल्याउन पहल नगर्ने तर भ्रमण जान भने सधैँ हतार गर्ने कार्य गलत भएको भन्दै आक्रोश पोखिन् । 

    उठेका प्रश्नको जवाफ दिंदै सहकारीका व्यवस्थापक सिता अधिकारीले सहकारी शिक्षा अन्तर्गत नियमानुसार नै भ्रमण जाने कार्यक्रम बनाइएको स्पष्टिकरण दिइन् । उनले हाल स्वर्गद्वारी लगायतका केही स्थानमा इच्छुक शेयर सदस्यलाई प्रतिव्यक्ति एक हजार रुपैंया उठाएर लैजान लागिएको उल्लेख गर्दै यसमा सहकारीले अत्यन्तै न्यून खर्च गर्ने दावी गरिन् । 

    संस्थाका अध्यक्ष शिवधारी अहिरले सहकारी सिद्धान्तभन्दा बाहिर गएर काम नगरिएको बताए । “शेयर सदस्यलाई उनीहरुसँग पैसा उठाएर तिर्थ लैजान खोजिएको हो ।” उनले भने, “सहकारीले सामान्य लगानी गर्ने भएकोले यो विषय त्यति जटिल होइन, आवश्यक पर्यो भने अझै उठाउन लगाउँला सहकारीलाई यसले घाटा हुँदैन ।“

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साना किसान सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।