Logo

२०८३, श्रावण २७गते


images
images

साना किसान सहकारीको २४औं बार्षिक साधारण सम्पन्न 

साना किसान सहकारीको २४औं बार्षिक साधारण सम्पन्न 

images
  • साना किसान सहकारीको २४औं बार्षिक साधारण सम्पन्न 
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था देवदहको २४औं बार्षिक साधारण सम्पन्न भएको छ । बुधबार संस्थाले आफ्नो साधारण सभाको मूल समारोह देवदहको पाठक फुडल्याण्डमा सम्पन्न गरेको हो । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालाक्ष्मी गुरुङले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउनु पर्ने बताइन । उपप्रमुख गुरुङले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुपर्ने बताउदै शेयर सदस्यहरुमा वित्तिय ज्ञान नहुदासम्म संस्थाको विकास हुन नसक्नेमा जोड दिएकी छन । उनले सहकारीहरुले शेयर सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी उत्पादनमा जोड्न सकेमात्र रोजगार सृजना गर्न सकिनेमा बताईन ।  

    images
    images
    images

    सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नेपाल कृषि सहकारी संघ केन्द्रिय संचालक रामप्रसाद रेग्मी, देवदह नगरपालिका कार्यपालिका सदस्य एवं पुर्वअध्यक्ष रुपाकुमारी ढुंगाना, देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, शेयर सदस्यहरु गीरप्रसाद पोण्डे, शोभाकुमारी थापा लगायतले आ–आफना भनाई राखेका थिए। 

    images
    images
    images

    कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन, लेखा संयोजक कल्पना सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कृषक र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । 

    संस्थाका उपाध्यक्ष खेमनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साना किसान सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।