सुमन महतारा गुल्मी ।
गुल्मीकाे इस्मा गाउँपालिका १ छिनुवाखाेलामा भएको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ ।
इस्मा गाउँपालिका छिनुवामा हाेटल संचालन गरेर बस्ने २३ वर्षका माेति बहादुर कुँवरकाे हत्यामा संलग्न इस्मा गाउँपालिका १ कै सन्तोष कुमाल, रमेश कुमाल र सुशील कुमाललाई हत्याको आराेपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुले प्रहरीसँगकाे बयानमा हत्या गरेको स्विकार गरेका थिए । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुँवरलाई गत भाद्र २१ गते राति कुटपिट गरिएको थियो । अर्को बिहान उनको मृत्युु भएको थियो । तिजमा मेला हेर्न जाँदा युवती जिस्काउँदाकाे रिसका कारण याे घटना भएको अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न रमेश कुमाल १८ वर्ष, सन्तोष कुमाल १८ र शुसिल कुमाल २० वर्षका रहेका छन् । यीनीहरुमध्ये मुख्य अभियुक्त रमेश हुन् भने अरु दुई सहायक मानिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology