Logo

२०८३, आश्विन १०गते


images
images

तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: ज्ञवाली

तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: ज्ञवाली

images
  • तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: ज्ञवाली
    images
    images

    माधव ज्ञवाली, बुटवल । नेकपा एमालेका उप महासचिव प्रदीप  ज्ञवालीले तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । नेकपा एमाले गुल्मी-रुपन्देही युवा बिद्यार्थी मञ्चले शुक्रबार आयोजना गरेको अगुवा कार्यकता भेलामा बोल्दै पाँच दलीय गठबन्दनले एमालेलाई केही फरक नपर्ने उनको भनाइ रहेको छ ।

    images
    images
    images

    पूर्वपरराष्ट मन्त्रीसमेत रहेका नेता ज्ञवालीलले एमालेसंग एक्लै चुनाव लड्न सक्ने सार्मथ्य भएकाले गठबन्धनसंग डराउन नपर्ने बताए । उनले एमाले ६० प्रतिशत भन्दा बढि मतका साथ बिजय हासिल गर्ने दावी गर्दै एमालेको नेतृत्वमा देशको बिकास र समृद्धि हुने ठोकुवा समेत गरे ।

    images
    images
    images

    ज्ञवालीले आउने स्थानीय चुनावमा गुल्मीमा एमालेले १२ वटा सिटमा जित सुनिश्चीत गर्ने दावी गर्दै कार्यकर्तालाइ चुनाव केन्द्रित भएर लाग्न आग्रह गगरे ।

    images
    images
    images

    यता नेकपा एमालेका सचिव गोकर्ण विष्टले कांग्रेस, माओवादी र समाजवादी जस्तो अरुको भरमाचुनाव लड्ने पार्टी एमाले नभएको बताए ।उनले एमाले एक्लै बहुमतका साथ चुनाब जित्ने दावी गर्दै अहिलेको गठबन्धन लामो समय नटिक्ने बताए । देशभर नै  एमालेमा जनलहर फैलिएको बताउदै सबै कार्यकर्तालाइ चुनाबमा केन्द्रित भएर लाग्न समेत उनले।आग्रह गरेका छन्  । उनले गुल्मीको बिकास र समृद्धिका लागि एमाले निरन्तर लागि रहने समेत बताए  ।

    कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य कमल राज श्रेष्ठ, युवा संघका कन्द्रिय सदस्य प्रज्वल खड्का लागायतले आफ्ना भनाइ राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।