सुस्मन विश्वकर्मा, सुनवल । नेपाली काङ्ग्रेस सुनवल-७ को "घर घर जाऔ काङ्ग्रेस जिताऔ" अभियान अन्तर्गत नेताहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार सुनवल-७ स्थित तरगौलीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस सुनवल-७ कार्यसमितिका अध्यक्ष गुप्त बहादुर के.सि.को अध्यक्षता र नेपाली काङ्ग्रेस महासमिति सदस्य भिम बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीद्वारा तोकेका क्षेत्रिय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरकार्यसमिती सचिव प्रकाश बारघरेले नेपाली काङ्ग्रेसलाई जनताले अवस्य चिन्ने बताए । `एमालेलाई जिताएर के भयो ? बिकास योजना देखि कोभिडको राहत सम्म भ्रष्टचार गरे । सिङ्गो ५ बर्ष नै आफ्नो , पार्टीको, र पार्टीनिकट कार्यकर्ताको खल्तीमा पैसा भर्न समय खर्चिए ।´ बारघरेले भने, `त्यस्ता अनियमितता/भ्रष्टाचार गर्नेलाई जनताले पाखा लगाउने छन र नेपाली काङ्ग्रेसलाई चिनेर यो वडाकाे बिकास निर्माण गर्न सघाउन अत्याधिक मत दिनेछ्न हामी बिस्वस्त छौ । ´ उनले अब चुनावका लागि तम्तयार हुनुपर्ने पनि बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले नेपाली काङ्ग्रेस एकजुट हुनेपर्ने बताए । `सुनवल-७ का जनप्रतिनिधिहरु वडाको बिकास गर्दैनन्,उनिहरुलाई भ्रष्टचार गरेर गोजि भर्न पाए हुन्छ ।´थापाले भने, `अब यो वडाकाे बिकास गर्नका निमित्त नेपाली काङ्ग्रेसले जित्नुपर्छ जसका लागि हामी एकजुट हुनुपर्दछ ।´ उनले वडा न. ७ का वडा जनप्रतिनिधिहरुको दोहोरो र भ्रष्ट चरित्र भएका हो आरोप लगाए ।उनले आम वडाबासीलाई नेपाली काङ्ग्रेसलाई अत्याधिक मत दिई विजयी गराउन आग्रह समेत गरेका थिए ।
यस्तै कार्यक्रमका सभापति सुनवल-७ कार्यसमितिकाका अध्यक्ष गुप्त बहादुर के.सि ले सुनवल-७ को बिकास गर्न हरेक पल प्रतिबद्ध रहेको बताए । `कम्युनिस्टहरु सर्वहाराहरुको नाम बेचेर भ्रष्टचार गरिरहेका छन् । तर हामी तेसो कदापी गर्दैनौ हामी बिकास गर्छौ ।´ केसिले भने, ` एकपटक काङ्ग्रेसलाई जिताउनुहोस नतिजा आफै देख्नुहुनेछ ।´
कार्यक्रममा चुनावकेन्द्रित विषयमा समेत छलफल भएको थियो । उक्त कार्यक्रमलाई वडा कार्यसमितिका सचिव हरिबहादुर खत्रीले संचालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology