सुस्मन विश्वकर्मा, सुनवल । नेपाल कम्युनिस्ट पार्टी( एमाले) का नवलपरासी जिल्ला कमिटी सदस्य एवम् सुनवल नगरपालिका वडा.७ का निर्वाचित जनप्रतिनिधि विनोद पाण्डेले सुनवल-७ मा एमालेका नेतृत्व निर्वाचित भएसंगै समग्र वडाकाे विकास भएको बताएका छन् ।
पार्टीको सुनवल नगरपालिका वडा न. ७ अन्तर्गत अस्नैया टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पाण्डेले आफ्नो कार्यकालमा वडाको बिकासको निमित्त धेरै कामहरु भएका कारण आफ्नो कार्यकाल सफल र अर्थपूर्ण भएको बताए ।
उनले नेकपा एमालेबाट सुनवल-७ मा निर्वाचित पाँचै जना जनप्रतिनिधिहरु वडाकाे विकासका निमित्त निरन्तर लागि परेको दावी गरे । "हामी २०७४ सालको स्थानीय निर्वाचनमा पछी निर्वाचित भएलगत्तै निरन्तर जिम्मेवारी वहन गरेउ र निष्ठा र तरलताका साथ हरेक कामलाई सम्पन्न गरेको छाै " पाण्डेले भने, "अहिले हाम्रो वडाकाे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि हरेक क्षेत्रमा उल्लेखनीय बिकास भएको छ । पाण्डेले हाल सुनवल-७ का प्राय सामुदायिक बिद्यालयको गुणस्तरमा पनि वृद्धि भएको बताए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिको राम्रो कामलाई लुकाएर विभिन्न जालझेलपुर्ण झुठो र मिथ्या कुराहरुको प्रचार गरिएको उनको आरोप छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology