Logo

२०८३, आश्विन ९गते


images
images

बलिउड

धुरन्धर- २ को बक्स अफिसमा सुनामी : पहिलो दिननै कमायो २०० करोड

धुरन्धर- २ को बक्स अफिसमा सुनामी : पहिलो दिननै कमायो २०० करोड

images
  • धुरन्धर- २ को बक्स अफिसमा सुनामी : पहिलो दिननै कमायो २०० करोड
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन ९७ करोड भारु कमाई गरेर नयाँ किर्तिमान बनाएको हो । 

    images
    images
    images

    यसअघि बलिवुडमा पहिलो दिन धेरै कमाई गर्ने किर्तिमान शाहरुख खानको फिल्म जवानको नाममा रहेको थियो । २०२३ मा रिलिज भएको जवानले पहिलो दिन ७५ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    बलिवुड फिल्म विश्लेषकहरुले धुरन्धर-२ ले पहिलो दिन ९७ करोड नेट कलेक्सन र पेड प्रिभ्युबाट ४७ करोड गरेर १४४ करोड भारु कमाई गरेको उल्लेख गरेका छन्  ।

    images
    images
    images

    त्यस्तै धुरन्धर- २ ले भारत बाहिर पनि पहिलो दिन शानदार कमाई गरेको छ । फिल्म पहिलो दिन भारत बाहिर ६४ करोड कमाई गरेको छ । यसरी यस फिल्मले पहिलो दिन २०० करोड भन्दा बढी कमाई अग्रेको छ ।

    धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।

    धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।

    धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुरन्धर- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।