Logo

२०८३, आश्विन ९गते


images
images

दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला सुरु, २५ जना मुर्तिकार सहभागी

दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला सुरु, २५ जना मुर्तिकार सहभागी

images
  • दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला सुरु, २५ जना मुर्तिकार सहभागी
    images
    images

    देवदह । देवदहमा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला सुरु भएको छ । मंगलबार स्मृति वनवाटीका परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशको कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मूर्तिकारहरुको हस्तपुजा गरि कार्यशालाको उद्घाटन गरेकी हुन् ।

    images
    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घर्तीले प्रस्तरकला कार्यशालाका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । ऐतिहासिक महत्व बोकेको गौतम बुद्धको मावलीस्थल देवदहलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री घर्तीले देवदह नगरपालिका, स्थानीय राजनीतिक दल र संघसंस्थाले देवदहको पर्यटन विकासमा महत्वपूर्ण भुमीका पुर्याएको भन्दै प्रशंसा गरेकी थिइन् ।

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सदस्य दिपा खड्का विश्वकर्माले देवदहको पर्यटनसंगै समग्र विकासमा आफुले सधैं हातेमालो गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    images
    images
    images


    त्यसैगरी, देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले कोभिड महामारी लगायतका चुनौती पार गर्दै आफ्नो कार्यकालमा देवदहको पर्यटन विकासमा उल्लेख्य काम भएको बताए । सोही कार्यक्रममा बोल्दै नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरि नगरपालिकाले काम गर्दै आएको बताइन्  ।


    जेष्ठ २२ सम्म चल्ने उक्त कार्यशालामा २५ जना मूर्तिकारहरुद्धारा मूर्ति निर्माण गरिने छ । 

    ड्रिम देवदहको आयोजना, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मुख्य सहयोग, देवदह नगरपालिका, लुम्बिनी बिकास कोष, देवदह नगरपालिका वडा नं. ९ लगायतको आर्थिक सहयोग तथा स्मृति सामुदायिक वनको सहकार्यमा सञ्चालन हुने कार्यशालामा करिब ३८ लाख खर्च हुने अनुमान गरिएको कार्यशालाका संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिए । 


    कार्यक्रम प्रचारप्रसार उपसमितीका संयोजक टंक पोखरेलको संचालन तथा कार्यशालका उपसंयोजक तथा स्मृति सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङ्गको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु, आमा समूह, शिक्षक, बिधार्थी, पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।