Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

त्रिशूलीमा अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न सांसद आशिका तामाङको निर्देशन

त्रिशूलीमा अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न सांसद आशिका तामाङको निर्देशन

images
  • त्रिशूलीमा अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न सांसद आशिका तामाङको निर्देशन
    images
    images

    काठमाडौँ । धादिङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा र गिट्टी उत्खनन तत्काल रोक्न निर्देशन दिएकी छन् ।

    images
    images
    images

    बेनीघाट-रोराङ गाउँपालिका वडा नम्बर ९ क्षेत्रमा नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी निकालिएको जानकारी पाएपछि उनले सम्बन्धित निकायलाई उक्त कार्य रोक्न निर्देशन दिएको बताएकी छन् ।

    images
    images
    images

    सांसद तामाङले जनताले विश्वास गरेर आफूलाई प्रतिनिधि बनाएको उल्लेख गर्दै कानुनविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएकी छन् । उनले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा लापरवाही गर्ने निकाय तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेकी छन् । प्राकृतिक सम्पदाको संरक्षण र जनताको हितका लागि आफू सधैं प्रतिबद्ध रहने उनले बताएकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्- बेनीघाट–रोराङ गाउँपालिका वडा नं. ९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छु । म जनताले विश्वास गरेर पठाएकी जनप्रतिनिधि हुँ। त्यसैले कानून विपरीत हुने कुनै पनि गतिविधि सह्य हुँदैन। मैले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने कुरा स्पष्ट रूपमा जानकारी गराउँछु । जनताको हित र प्राकृतिक सम्पदाको संरक्षणका लागि म सधैं प्रतिबद्ध छु ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिशूली
  • # उत्खनन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।