Logo

२०८३, श्रावण २७गते


images
images

कोलिय राजधानी उत्खनन

खयरडाँडामा बुद्धकालीन दरवार खोजिदै, ४५ दिनसम्म उत्खनन हुने

खयरडाँडामा बुद्धकालीन दरवार खोजिदै, ४५ दिनसम्म उत्खनन हुने

images
  • खयरडाँडामा बुद्धकालीन दरवार खोजिदै, ४५ दिनसम्म उत्खनन हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ स्थित खयरडाँडा क्षेत्रमा तेश्रो चरणको उत्खनन कार्य सुरु गरिएको छ ।  अघिल्ला दुई बर्षहरुमा समेत उत्खनन गरिएको सो क्षेत्रमा पुनः उत्खनन् कार्य सुरु गरिएको हो । यसअघि उत्खननका क्रममा ५ मिटर गहिरो प्राचीन इनार, माटाका भाडा, पर्खाल, बञ्चरो, कौडा जस्ता पुरातात्विक वस्तुहरु भेटिएका थिए । यो पटक सम्भावित दरवारको भग्नावशेष क्षेत्रको उत्खनन गरिनेछ ।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजना सुरु गरिएको उत्खनन कार्यमा लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोलि सहभागि हुनेछन् । बिहिवार उत्खनन् कार्यको सुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख धु्रव प्रसाद खरेलले देवदह नगरपालिकाले आफ्नै बजेटबाट उत्खनन कार्य गर्ने र यसको संरक्षण पनि गरिरहेको बताए । उनले स्थानीय बुद्धनगर सामुदायिक वन क्षेत्रमा खयरडाँडा क्षेत्र रहेको हुँदा यसको संरक्षण गर्ने दायित्व सामुदायिक वन र वडाको समेत रहने उल्लेख गरे । नगरप्रमुख खरेलले फाल्गुन महिनामै उत्खनन कार्य सुरु गर्ने योजना रहेपनि बजेट निकासामा समस्या भएकाले यो पटक पनि जेठमा नै काम सुरु गर्नुपर्ने बाध्यता बनेको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै पुरातत्व अधिकृत उप्रेतीले यो पटकको उत्खननमा खयरडाँडा क्षेत्रमा भेटिएका इनार, पर्खाल लगाएतका संरचनाहरु कुन उद्धेश्य र प्रयोजनको लागि निर्माण भएका हुन्, त्यसको अध्ययन अनुसन्धान गरिने बताए । उनले उत्खननमा गतसाल भेटिएका भग्नावशेषहरुको थप गहिराई सम्म पुग्ने बताए । सेतोमसीसँग कुरा गर्दै उप्रेतीले देवदहको भवानीपुर, बैरीमाई, कन्यामाई लगाएत क्षेत्रमा भेटिएका ईटा र खयरडाँडामा भेटिएका ईट्टामा समानता देखिएकाले पनि यि क्षेत्रको  सम्बन्ध रहेको हुनसक्ने बताए । 

    images
    images
    images

    ‘यो सबै अवस्थिति हेर्दा १४औं, १५औं शताब्दिको जस्तो देखिन्छ । तर उत्खनन पश्चात यसको परिक्षण गरेपछि मात्र यकिनका साथ भन्न सकिन्छ ।’ उनले भने, ‘पुरातात्विक स्थलको रुपमा यसलाई लिन सकिन्छ । अब हामिले यो बर्षको उत्खनन्बाट यसलाई देखिने अवस्थासम्म पु¥याउने कोसिस गर्नेछौं ।’

    prachin inaar devdaha.jpg
    दोश्रो पटकको उत्खननको क्रममा भेटिएको प्राचीन इनार । तस्विर : सेतोमसी 

    उत्खनन शुभारम्भ कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसी, जनप्रतिनिधि लग्मी विक लगाएत सामुदायिक वन, टोलविकास संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

    kauda.webp
    दोश्रो पटकको उत्खननको क्रममा भेटिएको प्राचीन कौडाहरु । तस्विर : सेतोमसी 

    देवदह नगरपालिकाको १० लाख रुपैंया बजेटमा सुरु गरिएको उत्खनन कार्य करिव ४५ दिनमा सकिने जनाईएको छ । लुम्बिनी विकास कोष र पुरातत्व विभागको सहकार्यमा सुरु भएको उत्खनन कार्यमा स्थानीय कामदारहरु प्रयोग गरिएको बुद्धनगर सामुदायिक वनका अध्यक्ष जिवलाल रेग्मीले जानकारी दिए । देवदहबासीहरुले बुद्धको मावली दरबार दाबी गर्दै आएको खयरडाँडा क्षेत्रको उत्खनन कार्य छिट्टै सकाएर पर्यटकिय क्षेत्रको रुपमा सो स्थलको विकास गर्नुपर्ने बताउँदै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खयरडाँडा
  • # उत्खनन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।