Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

images
  • त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते
    images
    images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको ज्यान गएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

    images
    images
    images

    मंगलवार बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिशूली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।