Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा पर्यटकिय गन्तव्य थपिदै, स्मृति वन वाटीकामा हुने प्रस्तरकला कार्यशालाको तयारी पूरा

देवदहमा पर्यटकिय गन्तव्य थपिदै, स्मृति वन वाटीकामा हुने प्रस्तरकला कार्यशालाको तयारी पूरा

images
  • देवदहमा पर्यटकिय गन्तव्य थपिदै, स्मृति वन वाटीकामा हुने प्रस्तरकला कार्यशालाको तयारी पूरा
    images
    images

    देवदह । दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशलाको तयारी सकिएको छ । कार्यशाला अन्तर्गत देवदहको स्मृति वन बाटीका परिसरमा प्रस्तरकला सञ्चालन हुनेछ । सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि सो बारेमा जानकारी गराइएको हो । 

    images
    images
    images

    आयोजकका अनुसार देवदह नगरपालिका वडा नं. ७ मा स्थित स्मृती वन वाटीकामा १५ दिने प्रस्तरकला आयोजना गरिनेछ । यहि चैत्र ८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा देशका ख्यातीप्राप्त २० जना मूर्तिकारहरु र ५ जना उनका सहयोगी मूर्तिकार गरी २५ जनाले मूर्ति निर्माण गर्ने बताइएको छ । 

    images
    images
    images


    देवदह नगरपालिकाको मुख्य आयोजना, ड्रिम देवदहको संयोजन र स्मृती सामूदायीक वनको सहकार्यमा कार्यशाला आयोजना हुन लागेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यशालाबारे जानकारी दिँदै ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष तथा कार्यशालाका संयोजक सिद्धिचरण भट्टराईले 'थिम' पार्कको अवधारणा अनुरुप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र लोकप्रिय पात्रहरु, बौद्ध दर्शन, शान्ति, प्रेम सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरु निर्माण गर्ने योजना रहेको जानकारी दिए । 

    images
    images
    images

    कार्यशालाले देवदहको सांस्कृतिक तथा पर्यटकीय भैवभमा थप सम्पत्ती थपिने विश्वास व्यक्त गर्दै भट्टराईले देवदहको पहिचानलाई पर्यटकीय एवं सांस्कृतिक गन्तव्यमा जोड्न मद्धत पुग्ने बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहेका भट्टराईले बिगतमा देवदहको बुद्ध सामुदायिक वनमा आयोजित काष्ठकला कार्यशालाको बिरासतबाट गौतम बुद्ध राष्ट्रिय उद्यानले अहिले पर्यटकिय बिकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए 

    पछिल्लो समय विकास निर्माणका काममा ठेक्कापट्टाको विगविगी हावी भएकाले जनसहभागिता कम हुँदा विकासको गुणत्मकता र परिमाण दुवैमा कमि आएकाले जनसहभागिताले विकासलाई प्रभावकारी बनाउने हुँदा कम लगानीमा पनि उत्कृष्ट काम सम्पन्न गर्न सकिने श्रेष्ठको दावी छ । 


    त्यसैगरी, पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले देवदह महामानव गौतमबुद्धको मावलीस्थलको रुपमा परिचित भएको र त्यसको व्यापक प्रचारका लागि आवश्यक मात्रामा उत्खनन लगायतका कार्यहरु तत्काल गर्न नसकिएको अवस्थामा अतिरिक्त पर्यटकिय गन्तव्यका लागि देवदहका पार्कहरुलाई फरकफरक पहिचान निर्माण गरेर अगाडि बढ्नुपर्ने अवश्यकता रहेको बताएका थिए । यस्ता विकासका योजनाहरु अगाडि बढाउन स्थानिय तहको मात्र आर्थिक क्षमताले नपुग्ने हुँदा त्यसका लागि प्रदेश र संघबाट पनि रकम बिनियोजन हुनुपर्ने आवश्यकता औँल्याउँदै नगर प्रमुख खत्रीले नगरपालिकाले पर्यटन विकासका लागि उल्लेख्य कार्यहरु गरिरहेको बताए । 


    सम्मेलनमा स्वागत मन्तव्य राख्दै कार्यशालाका उप संयोजक तथा स्मृती सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङ्गले प्रस्तरकला कार्यशालामा सबैको सहभागिता र रचनात्मक सहयकोगको अपेक्षा रहेको बताएका थिए । 

    कार्यशालाको लागि गठित प्रचारप्रसार उपसमितिका संयोजक टंक पोखरेलले कार्यशालालाई सफल बनाउन मिडिया क्षेत्रको बिशेष भूमिका रहेको महसुस गरिएको बताउँदै सबै मिडियाहरुले बिशेष महत्व दिएर यसको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरे । 

    कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा हाल देवदह नगरपालिकाबाट १० लाख बिनियोजन भएको र अन्य स्रोतहरुमध्ये लुम्बिनी बिकास कोषबाट ४ लाख, देवदह नगरपालिका वडा नं. ९ बाट ४ लाख र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशबाट २० देखि २५ लाख सहयोगको आश्वासन प्राप्त भएको आयोजकले जनाएको छ ।

    बिगत लामो समयदेखि योजनामा रहेको प्रस्तरकला कार्यशाला बिभिन्न समस्याका कारणले आयोजना हुन सकेको थिएन । कार्यशालामा मूर्ति बनाउने ढुङ्गाहरुको संकलन कार्य सम्पन्न भइसकेको छ । 

    चैत्र ८ गते दिउसो ३ बजे मूर्तिकारहरुको हातपुजा सहित कार्यशाला उद्घाटन हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन ड्रिम देवदहका सचिव दिपेश बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।