Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु

गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु

images
  • गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु
    images
    images

    काठमाडौँ । गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। महाधिवेशन चैत २ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका केही क्षेत्रमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता बढेको बताएका छन्। विशेषगरी पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको उनले बताए ।

    images
    images
    images

    मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकका समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए। उनले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सम्बन्धित देशका आधिकारिक सूचनामा ध्यान दिन र नजिकको नेपाली दूतावाससँग सम्पर्कमा रहन आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध र शान्त देश बनाउने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

     चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा 'हाम्रो एकता, समृद्धिको आधार' नाराका साथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना काठमाडौँ शुरु भएको जानकारी दिइएको छ  । सम्मेलनमा १४ तारिखको साँझदेखि १५ तारिखको साँझसम्म संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा हुने र यसपटक ४ हजार २८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने तर यसपटक एकता महाधिवेशन भएकाले सर्वसम्मतिको पहल भइरहेको बताइएको छ ।

    संघको महाधिवेशनको समापन चैत्र २ गते प्रधानमन्त्री सुशिला कार्कीले गर्ने कार्यतालिका रहेको संघले जानकारी दिएको छ ।

    महाधिवेशनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैरआवासीय नेपाली संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।