Logo

२०८३, आश्विन १०गते


images
images

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको पाँच करोड सहयोग गर्ने घोषणा

रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको पाँच करोड सहयोग गर्ने घोषणा

images
  • रसुवा बाढी प्रभावितलाई गैरआवासीय नेपाली संघको पाँच करोड सहयोग गर्ने घोषणा
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    images
    images
    images

    संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गर्दै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन तथा राष्ट्रिय समन्वय परिषद् परिचालनका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    प्रभावित क्षेत्रमा चिकित्सकीय टोली र स्वयंसेवक तत्काल परिचालन गर्ने तथा राष्ट्रिय समन्वय परिषद्मार्फत पनि उद्धार र राहतका लागि सहयोग जुटाउने संघले जनाएको छ ।

    सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै संघले आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत कार्यमा सहभागी हुन आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गैरआवासीय नेपाली संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।