Logo

२०८३, श्रावण २७गते


images
images

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति शिक्षक महासङ्घको आपत्ति, माफी माग्न चेतावनी

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति शिक्षक महासङ्घको आपत्ति, माफी माग्न चेतावनी

images
  • खगेन्द्र सुनारको अभिव्यक्तिप्रति शिक्षक महासङ्घको आपत्ति, माफी माग्न चेतावनी
    images
    images

    काठमाडौँ । नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसद खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेशाप्रति अभिव्यक्त अमर्यादित शब्द र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    images
    images
    images

    महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा यस्तो अभिव्यक्ति शिक्षक-कर्मचारीको पेशागत मर्यादा र स्वाभिमान विपरित रहेको छ र स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    सांसद सुनारको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत रहन आग्रह गरेका छन् ।

    images
    images
    images

    सांसद सुनारले‘कन्सिरी तानेर डस्टरले टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए, सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    महासङ्घले शिक्षक र शिक्षण पेसा जस्तो गरिमामय क्षेत्रलाई होच्याउने कार्यले शिक्षा क्षेत्रको विकासमा नकारात्मक असर पुग्ने बताउदै नेपाली शिक्षक-कर्मचारीको पेसागत मर्यादा र स्वाभिमानको रक्षाका लागि महासङ्घ जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खगेन्द्र सुनार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।