Logo

२०८३, श्रावण २७गते


images
images

मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि !

मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि !

images
  • मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि !
    images
    images

    काठमाडौँ । श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ ।

    images
    images
    images

    २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख- १ बाट महाधिवेशन प्रतिनिधि बनेको खुलेको हो ।

    images
    images
    images

    त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।

    images
    images
    images

    मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका छन् । सुनार बारे विभिन्न विवादित विषय बाहिर आएपछि प्रधानमन्त्री सुशिला कार्की उनलाई मन्त्रीको शपथ खुवाउने या नखुवाउने भन्ने विषयमा छलफलमा रहेको बताइएको छ ।

    सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा रहेको छ भने सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ ।

    त्यस्तै उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खगेन्द्र सुनार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।