काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शहाले राष्ट्रसंघमा गरेको सम्बोधन गरेको विषयमा विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहको कन्फिडेन्स नभएको विपक्षी दलका नेताहरूले टिप्पणी गरेको भन्दै कटाक्ष गरेका हुन् ।
उनले घिउ खाएपछि जिउमा बल आउछ भन्ने सुनेको तर के खाएपछि कन्फिडेन्स आउदो रहेछ, आफुहरुले सुन्न चाहेको बताए ।
उनले भने- 'ग्रिन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउछ त्यो कन्फिडेन्स ? त्यो सुन खाएपछि आउछ क्विन्टल–क्विन्टलमा, कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउछ ? वाइडबडी खाएपछि आउछ कि बालुवाटार खाएपछि आउछ? पासपोर्ट खाएपछि आउछ कि गरिबका, सुकुम्वासीका लालपुर्जा खाएपछि आउछ ?'
सांसद सुनारले के खाएपछि कन्फिडेन्स आउछ भन्ने कुराको जवाफ सुन्न आफूहरू तयार रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology