Logo

२०८३, आश्विन ११गते


images
images

जनबोध माविका बिद्यार्थीहरु द्वारा माटो परिक्षणको नमुना सङकलन 

जनबोध माविका बिद्यार्थीहरु द्वारा माटो परिक्षणको नमुना सङकलन 

images
  • सेतोमसी सहकर्मी
  • जनबोध माविका बिद्यार्थीहरु द्वारा माटो परिक्षणको नमुना सङकलन 
    images
    images


    कृष्ण अन्जान,गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँ पालिकाका सबै वडाहरुमा माटाे परिक्षण नमुना सँकलन गरिएकाे  छ ।
       
     जनबाेध माध्यमिक विध्यालयमा प्राविधिक तहमा अध्ययनरत विध्यार्थी लक्षित माटाे परिक्षण तालिम अन्तर्गत गाउँपालिका भित्रका किसान हरुका वारि र खेतमा पुगेर विध्यार्थीहरुले माटाेकाे नमुना लिने कार्य गरेका छन ।
       
     रुरुक्षेत्र गाउँपालिका कृषि शाखाकाे आर्थिक तथा जनबाेध माध्यमिक विध्यालयकाे प्रविधिक सहयाेगमा विध्यार्थी हरुलाई माटाे परिक्षणका लागि नमुना लिन गाउँमा खटाईएकाे जनबाेध माध्यमिक विध्यालयका प्राविधिक प्रशिक्षक दिल बहादुर खड्काले जानकारी दिए।
      
      हामीले साविकका गाउँ विकास समितिका वडा हरुमा प्रति वडा दुईजना किसानकाे वारि या खेतबाट माटाेकाे नमुना  लिएका छौँ र गाउँ पालिकाबाट  परिक्षण कीट उपलब्ध हुने बित्तिकै  बित्तिकै माटाे परिक्षणकाे  रिजल्ट किसानलाई उपलब्ध गराउने छौँ ।
     
       यतिबेला कक्षा नौ देखी  १२ सम्मका कृषि प्राविधिक अध्ययनरत विध्यार्थी गाउँ पालिका भित्र खटिएका छन ।
      
        अरु वडामा छ जना विध्यार्थी र एक जना प्रशिक्षक खटिएका छन भने रुरुक्षेत्र ४ बलेटक्सारमा १० जना गरि चालिस जना विध्यार्थी र प्रशिक्षक  माटाे परिक्षणमाकाे नमुना सँकलनमा खटाईएकाे छ ।
     
       रुरुक्षेत्र गाउँ पालिकाकाे रानिवासमा  रहेकाे जनबाेध माध्यमिक विध्यालयले बिक्रम सम्बत २०७४ साल देखि कक्षा नौ देखि बाह्र सम्म कृषि प्राविधिक शिक्षा शुरु गरेकाे छ ।
      
       यतिबेला  जनबाेध माध्यमिक विध्यालयमा कक्षा नौ देकी बाह्र सम्म एकासी जना विध्यार्थी अध्ययनरत रहेका  छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।