अनिष पन्थी ,गुल्मी । आज होलि पर्व देशभर उत्साहका साथ मनाइएको छ ।गुल्मीको सदरमुकाम तम्घास सहित जिल्लाका अन्य स्थानमा होलि पर्व मनाइएको छ । चोक चोक,गल्ली ,चौर हरुमा होलि खेल्नीको घुइँचो देख्न सकिन्थ्यो ।
सोही अवसरमा आज खुकुरी ग्रुप तम्घास गुल्मीले पनि फागु पुर्णिमा होलि पर्वको अवसरमा आज एक कार्यक्रमका बिच चिदिचौरमा विविध सास्कृतिक तथा घैटो फोर कार्यक्रम सम्पन्न गरेको छ ।
बिगतको बर्षमा जस्तै यस बर्ष पनि विभिन्न कार्यक्रम साथै लाइभ कन्सट, घैटो फोर लगायतका कार्यक्रम आयोजना गरेको क्लबका व्यबस्थापक निशान टण्डनले जानकारी दिए ।यस पटकको घैटो डिवाइसी ग्रुपले फोरेको टण्डनले बताएका छन ।
कार्यक्रमको सहजीकरण निशान टण्डन,कृष्ण श्रीस,मन्दिप भलामीले गरेका थिए ।
कार्यक्रमका अवसरमा क्लबका प्रतिनिधि सिर्जन खडका,गणेश सुनार,आशिष् श्रीस र सौरभ थापाले लाइभ प्रस्तुति दिएका थिए ।कार्यक्रममा समीर सारु,विशाल श्रीस,सन्देस श्रेष्ठ,देवु रजालीको पनि उपस्थिति रहेको कार्यक्रमको सन्चालन सञ्चारकर्मि सुनिल थापाले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology