Logo

२०८३, श्रावण २७गते


images
images

कस्तो छ आजको मौसम पूर्वानुमान

कस्तो छ आजको मौसम पूर्वानुमान

images
  • कस्तो छ आजको मौसम पूर्वानुमान
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ।

    images
    images
    images

    आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ। 

    images
    images
    images

    त्यस्तै आज राती देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माैसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।