Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० विश्वकप

इङल्याण्डलाई हराउदै भारत टी-२० विश्वकपको फाइनलमा

इङल्याण्डलाई हराउदै भारत टी-२० विश्वकपको फाइनलमा

images
  • इङल्याण्डलाई हराउदै भारत टी-२० विश्वकपको फाइनलमा
    images
    images

    काठमाडौँ । भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले दोस्रो सेमिफाइनलमा इङल्याण्डलाई ७ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

    images
    images
    images

    इङल्याण्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए । त्यस्तै जोफ्रा आर्चरले अविजित १९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै भारतीय बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित सिंह ,वरुण चक्रवर्ती र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

    भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७  र तिलक बर्माले २१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।

    योसँगै भारत लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन रहेको भारतले अब फाइनलमा आइतबार न्यूजील्याण्डसँग खेल्ने छ ।

    त्यस्तै यो हारसँगै इङल्याण्ड विश्वकपबाट बाहिरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।