बुटवल । नेपाली गित संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा 'नहोस् भलो' नामक गित सार्वाजानिक भएको छ । बजारमा सार्वाजानिक भएको नहोस् भलो गीतले प्रेम काहानी तथा समाजको यथार्थलाई चित्रण गर्न खोजेको छ ।
सञ्चारकर्मी समेत रहेका बासुदेब पोखरेल माया प्रेमका गित बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा आफ्नो गित केही फरक र भावुक रहेको बताउँछन् । गीत मार्फत एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा पागल जोडिले भागवान सगँ बिन्ती बिसाए र सराप दिएको बिषयलाई यस गितबाट देखाईएको छ ।
बजारमा आएको उक्त गितमा अमित बाबू रोकायाले लय भरेका छन् भने तेजस रेग्मी र रेजिना परियारले स्वर दिएका छन् ।
बिनोद बाजुरालीको संगीत संयोजन गरेको गीतको भिडियोमा नारायण मगरले निर्देशन रहेको छ । गीतको भिडियोमा मोडल अनु पराजुली र बाबू मुस्कानले अभिनय गरेका छन् ।
उक्त गीत बाबु मुस्कान युटुव च्यानलबाट गित सार्वाजानिक भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology