Logo

२०८३, आश्विन १०गते


images
images

छत्रकाेट गाउँपालिकाका परिश्रमी र आँटिला वडाध्यक्ष डिलाराम न्यौपाने *

छत्रकाेट गाउँपालिकाका परिश्रमी र आँटिला वडाध्यक्ष डिलाराम न्यौपाने *

images
  • सेतोमसी सहकर्मी
  • छत्रकाेट गाउँपालिकाका परिश्रमी र आँटिला वडाध्यक्ष डिलाराम न्यौपाने  *
    images
    images

    कृष्ण अन्जान, गुल्मी । इच्छाशक्ति भए हरेक कुरामा अव्वलता हासिल गर्न सकिन्छ ,यसै कुराका उदाहरण हुन्, छत्रकाेट गाउँपालिका वडा न ४ वडाध्यक्ष डिलराम न्यौपाने ।

    images
    images
    images


    स्थानीय तहकाे निर्वाचनमा दिगाम क्षेत्रबाट निर्वाचित डिलाराम न्यौपानेलाई गाउँको विकासमा लाग्दा कतिबेलै थकाई लाग्दैन । त्यसैपनि चेतनास्तर र परिश्रमले गुल्मी जिल्लामै परिचित दिगामले त्यस्तै परिश्रमी र आँटिला वडाध्यक्ष पाएकाे छ ।

    images
    images
    images


    आफ्नो कार्यकालकाे करिब अन्त्य हुँदै गर्दा डिलाराम न्यौपाने जनताकाे मन भित्र यसरी बसेका छन् कि फेरी जनताकाे मागकाे केन्द्रविन्दु नै बनेका छन् ।
    वडाध्यक्षमा निर्वाचित भईसकेपछि मुख्यतया सडक, शिक्षा, स्वास्थ, कृषिलाई प्रथमिकतामा राखेर काम शुरु गरेका डिलाराम न्यौपानेकाे पहलमा श्रृङ्गा कालिकानगर दिगाम मनभाग सडककाे स्तराेन्नति मात्र भएकाे छैन कि समग्र दिगामलाई जाेड्ने रिँग राेड मनभाग र जाेड्ने कनेक्टिङ राेड, हरेक घरका आँगनमा सडक पुर्याएर  यात्रा आवागमन र ढुवानीले सहज बनाईएकाे छ ।

    images
    images
    images


    गाउँका गाेरेटा बाटहरुकाे पुनर्निर्माण, विद्युतमा काठका पाेल विस्थापित गरिएकाे छ, स्थानीय बाेखर र बाेहामा  सामुदायिक स्वास्थ ईकाई स्थापना सँगै दिगामभित्र खरका छाना विस्थापित समेत भएका छन ।

    कृषि  तर्फ अनुदानका हाते ट्याक्टर लगायत कृषि उपकरण, उँखु खेति गर्ने किसानका लागि मागका आधारमा आधुनिक अौजार वितरण गर्दै व्यवसायीक खेतिमा लाग्न किसानहरुलाई उत्प्रेरित गरिएकाे सँगै उन्नत बाख्रा भैसिपालन  तथा कुखुरा पालनलाई पनि प्राेत्साहन गरिएकाे  वडाध्यक्ष न्यौपानेले बताउँछन ।
    छत्रकाेटमा हामीले कृषकहरुलाई उत्पादनमा आधारित प्राेत्साहन भत्ताकाे व्यवस्थापन गरेका छौँ र त्यसकाे सुविधा वडा न ४ दिगामका कृषकहरुले पनि लिई रहनु भएकाे छ वडाध्यक्ष न्यौपानेले भने ।


    शालिन व्यक्तित्व वडाध्यक्ष न्यौपाने सामाजिक उत्तरदायित्व प्रति पनि त्यत्तिकै सँवेदनशिल छन् भन्ने कुराका उदाहरण उनले काेभिड सँक्रमणका बेला आफ्नो घरलाई ४ महिनासम्म निशुल्क आईसाेलेसन सेन्टरकाे रुपमा प्रयाेग गर्न दिएर जनउत्तरदायी जनप्रतिनिधिकाे रुपमा आफुलाई प्रस्तुत गरिसकेका  मात्र छैनन गाउँपालिकाले उनका जनउत्तरदायी पुर्ण कामकाे मुल्यांकन गर्दै उत्कृष्ट वडाध्यक्षकाे रुपमा सम्मान गरिसकेको छ ।


    विक्रम सम्वत २०३८ सालमा अनेरास्ववियुमा सँगठित भएपछि निरन्तर राजनीतिमा सकृय रहनुभएका न्यौपाने नेकपा एमालेका कार्यकर्ता हुन् । विकासलाई प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी निभाउँदै आएका उनी पार्टीले फेरि टिकट दिए वडाध्यक्षमा दाेहाेरिने बताउँछन ।


    वडाध्यक्ष हुनु अघि फर्निचर व्यवसायी रहेका न्यौपानेले श्रृङ्गामा पेट्रोल पम्प सन्चालन गरेका छन् । गाउँकाे विकासले बसाईसराईलाई राेक्नु पर्छ भन्ने मान्यता राख्छन् ।

    * यसअघिको शिर्षकमा परिश्रमी र आँटिलाको ठाउँमा अन्यथा भएकोले सच्याईएको छ । - सम्पादक

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।