Logo

२०८३, आश्विन ९गते


images
images

वर्ल्डलिंक देवदहको कार्यालय जलेपनि सेवा प्रवाह अबरुद्ध नहुने

वर्ल्डलिंक देवदहको कार्यालय जलेपनि सेवा प्रवाह अबरुद्ध नहुने

images
  • वर्ल्डलिंक देवदहको कार्यालय जलेपनि सेवा प्रवाह अबरुद्ध नहुने
    images
    images

    देवदह । देवदह नगरपालिका–खैरेनीस्थित वर्ल्डलिंकको कार्यालय आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भए पनि इन्टरनेट सेवामा कुनै समस्या नहुने वर्ल्डलिंकले जनाएको छ । सेतोमसीसंग कुरा गर्दै वर्ल्डलिंक देवदह शाखा प्रमुख  सन्तोष थापाले सबै सेवा नियमित हुने बताए । 

    images
    images
    images

    'आगलागीले कार्यालयमा क्षति भएपनि हाम्रो सेवा नियमित हुन्छ ।' सेतोमसीसंग प्रमुख थापाले भने, 'महसुल भुक्तानीको लागि समेत अस्थायी व्यवस्था मिलाएको छ । सधैझैँ नियमित सेवा प्रवाह हुन्छ ।'

    images
    images
    images

    उनले क्षतिको विवरण संकलन भैरहेको बताए । बिमा कम्पनीलाई घटनाबारे जानकारी गराइएको र क्षतिको विवरण संकलन भैरहेको थापाले बताए  

    images
    images
    images

    देवदह नगरपालिका–खैरेनीस्थित साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वर्ल्डलिंकको कार्यालय रहेको भवनमा आज बिहान ३ः५६ मा आगाली भएको थियो । 

    भवनको दोस्रो तलामा रहेको वर्ल्डलिंकको कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपनि पहिलो तलामा रहेको साइन रेसुङ्गा बैंक र भुईँतलाको डिपार्टमेन्टल स्टोर सुरक्षित रहेको  प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्ल्डलिंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।