देवदह। ग्रील तथा स्टिल व्यवसायी संघ देवदहले निर्माण सामाग्रीको मूल्यसूची सार्वजनिक गरेको छ।
ग्रील तथा स्टिल व्यवसायी संघ देवदह नगर समितिको बुधबार बसेको बैठकले निर्माण सामाग्रीको नंया मूल्य सूची सार्वजनिक गरेको हो।
पछिल्लो समय बजारमा आफु खुशी निर्माण सामाग्री बिक्रि वितरण भइरहेको र यसले गर्दा ग्राहक वर्ग र निर्माण व्यवसायीलाई असहज परिस्थिति सिर्जना हुन गएको भन्दै निर्माण सामाग्रीको मूल्यमा एक रुपता ल्याउनका लागि नंया मूल्य सूची सार्वजनिक गरिएको ग्रील तथा स्टिल व्यवसायी संघ देवदहका अध्यक्ष तेज प्रसाद शर्माले बताए।
निर्माण समाग्रीको खरिद मूल्य बृद्दी भएर आएको र ग्राहक वर्गको सहजताका लागि नंया मूल्य कायम गरि मूल्य सूची सार्वजनिक गरिएको संघका सचिव गोपाल न्यौपानेले बताए।
संघमा हाल ४५ जना निर्माण व्यवसायी आबद्द रहेका छन्।
यस्तो छ, नंया मूल्यसूची : 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology