Logo

२०८३, श्रावण २७गते


images
images

श्रमजिवि महिलालाई छोएन श्रमिक महिला दिवसले

श्रमजिवि महिलालाई छोएन श्रमिक महिला दिवसले

images
  • श्रमजिवि  महिलालाई छोएन श्रमिक महिला दिवसले
    images
    images

    रमेश बहादुर सिह, बझाङ । देशका साना ठुला सहर र गाउँपालिकाहरूले समेत ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका मनाए । महिला अधिकार र समानताका लामै भाषण गरिए । महिला मुक्तिका इतिहासको व्याखा गरियो । अन्यत्र झै सो कार्य बझाङको जयपृथ्वी नगरपालिकाले पनि गर्यो ।

    images
    images
    images

    तर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै गर्दा भारी बोकेर खाने महिला र मजदुर गरिखाने महिला भने कोहि रोडमा दाउरा बोकेर पसल होटल पुगेका देखिन्थे भने कोहि दरमुकाम चैनपुर नजिकै रहेको बाउलि खोला दुङ्गा कुटिरहेका थिए ।

    images
    images
    images

    'हामीलाई वेलुकाको खाना कसरी खाने र बाल बच्चाहरुलाई खुवाउने भन्ने मात्रै चिन्ता छ, अरु थाहा छैन' यो भनाइ हो - चैनपुरमा  डेरा गरी बस्ने २४ वर्षीया सिता  चौधरीको । जो दिनभरी मजदूरी काममा व्यस्त थिइन् ।

    images
    images
    images

    चौधरी एक उदाहरण मात्रै हुन् । श्रमिक महिला दिवसको दिन हामीले भेटेका अधिकांश श्रमजीवी महिलाहरू मरिमेटेर काम मै खटेका छन् । दिनभरी काम नगरे साँझ घरको चुलो नबल्ने उनीहरूलाई न श्रमिक दिवस छ नत महिला मुक्ति र समानताका भाषणमै चासो । 

    देशमा महिला राष्ट्रपति छन्, अधिकांश स्थानीय सरकारका उपप्रमुख महिला नै छन् तर पनि देशमा न महिला हिंसा रोकिएका छन् नत वास्तविक श्रमिक महिलालाई महिला दिवसले छोएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।