देवदह । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवदह नगरपालिकाले आयोजना गरेको अन्तरविद्यालय महिला शिक्षक हजिरी जवाफ प्रतियिगिताको उपाधि खड्ग माध्यमिक विद्यालय देवदह १ ले हात पारेको छ । उपाधिसंगै खड्ग माविले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
देवदह नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत गरि ३२ वटा विद्यालय सहभागी प्रतियोगितामा शान्तिप्रिय आधारभूत विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । द्धितिय स्थान हासिल गरेको शान्तिप्रियले १५ हजार, शिल्ड र प्रमाणपत्र हात पा¥यो । यसैगरि तृतीय स्थान हासिल गरेको युगज्योती माविले नगद १० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने सान्त्वना स्थान हासिल गरेको सरस्वती आधारभुत विद्यालयले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ३२ विद्यालय सहभागि भएपनि २४ विद्यालय पहिलो चरणबाट बाहिरिएका थिए । दोस्रो चरणमा विजेता बाहेकका अन्य चार विद्यालय बुद्ध पब्लिक मन्टेश्वरी, जनकल्याण आधारभुत विद्यालय, केरवानी माध्यमिक विद्यालय र भविष्य निर्माण माध्यमिक विद्यालय देवदहले प्रवेश पाएका थिए ।
कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरु हरेक क्षेत्रको नेतृत्व लिन सक्षम रहेको बताइन् । नगरपालिकाले नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँदै उनले हरेक स्थनका लागि महिलाहरु योग्य र आवश्यक परेको ठाउँमा क्षमता देखाउन सक्ने उल्लेख गरिन् ।
सोहि अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले महिलाहरुमा रहेको उर्जा र सहनशिलता लाई सम्मान गर्नुपर्ने बताए । हिजोका दिनमा महिला प्रती विभेद हुनेगरेको भएपनि अब पहिलेको जस्तो अवस्था नरहेको उनले जिकिर गरे । ‘अब महिलाहरुले गुनासो त्यागेर अघि बढ्नुपर्छ ।’ उनले भने, ‘हरेक कुरालाइ सकारात्म रुपमा लिनुपर्नेछ ।’ प्रमुख प्रशासकीय अधिकृत सापकोताले महिला सशक्तीकरणका लागि नगरपालिकाले समानुपातिक तवरले काम गरिरहेको समेत बताए ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जिसी, नव प्रभात सहकारी संस्थाका अध्यक्ष निर्मला अधिकारी, युगज्योती माध्यमिक विद्यालयका शिक्षक शिला मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जय किशन अधिकारी, नारायणी पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक ओममाया भण्डारी, कोलिय इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक बिष्णुमाया जिसी, वडा नं ९ का स्वस्तिका खड्का र शान्ती पराजुलीले महिला अधिकार सम्बन्धी गीत, कविता मुक्तक प्रस्तुत गरेका थिए भने युगज्योती मावी र देवदह बुद्ध पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, उपप्रमुखसंग महिला कार्यक्रमका सदस्य कृष्ण माया रानाको स्वागत र देवदह नगरपालिकाका कर्मचारी इन्दिरा भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रममा हाजिरीजवाफ सेसनको सहजिकरण नगरका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology