Logo

२०८३, कार्तिक २६गते


images
images

चैत्र २५ गतेदेखि चौथो गुल्मी महोत्सव हुँदै

चैत्र २५ गतेदेखि चौथो गुल्मी महोत्सव हुँदै

images
  • चैत्र २५ गतेदेखि चौथो गुल्मी महोत्सव हुँदै
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीमा चैत्र २५ गतेदेखि  चौथो गुल्मी महोत्सव हुने भएको छ।
    गुल्मीको सदरमुकाम  तम्घासमा यहि आउदो चैत्र २५ गतेदेखि २०७९ बैशाख ४  गतेसम्म चौथो गुल्मी महोत्सव  हुने  गुल्मी उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
    सदरमुकाम तम्घासमा मंगलबार बाणिज्य संघले पत्रकार सम्मेलन गरि महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।
    'गुल्मी जिल्लाको सम्पन्न्ता र समवृद्धिको निकास 'शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने मुल नाराका साथ २०७६ साल चैत्र २१ गते देखि २०७७ बैशाख  १ गतेसम्म गर्ने भनिएको महोत्सव कोभिड १९ को कारण रोकिएको र यस बर्ष गर्ने निर्णय भएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इस्वरी पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

    images
    images
    images

    ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता  रहेको महोत्सवमा दुई सय स्टल राखिने अध्यक्ष पौडेलले जानकारी दिए ।

    images
    images
    images

    कोभिड समाधान हुँदै गएको र प्रशासनले पनि मेला महोत्सव गर्न छुट दिएको कारण यस पटक महोत्सव गर्न लागिएको हो।
    पैसालाई लाई मात्र महत्त्व नदिएर पर्यटनलाई पनि महत्त्व दिने साथै  आम्दानीको ४० प्रतिशत पर्यटन व्यबसायमा खर्च गरिने अध्यक्ष पौडेलले बताए । स्टल बुकिङको समय चैत्र १ गतेदेखि १० गतेसम्म रहेको अध्यक्ष पौडेलले बताए ।
    अहिलेको गुल्मी  महोत्सवमा त्रीसुल र सेल्फी टावर  थप आकर्षणको बिन्दु  समेत रहेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।