रेशम अधिकारी, देवदह । उल्टो पैदल यात्री ऋषी परियार आइतबार दिउँसो देवदह पुगेका छन् । उल्टो यात्रा शुरु गरेको ३७ दिनमा उनी रुपन्देहीको देवदह पुगेका हुन । देवदहमा उनलाई भव्य स्वागत गरिएको छ । स्थानीय सामाजिक संघसंस्था, देवदह प्रहरी चौकी लगायत स्थानीयले परियारलाई स्वागत गरेका हुन् ।
देवदहमा सेतोमसीसंग कुरा गर्दै उनले स्वास्थ्यका लागि मेचि महकाली यात्रा सुरु गरी विश्वमा नै नेपाललाई चिनाउने उद्देश्यले अघि बढेको बताए ।
परियारले यात्रा सुरु गर्नुपुर्व धेरै कठिनाइ भोग्नु परेको समेत बताएका छन् । 'कति मान्छे आफ्नो मजाक उडाए, कति हाँसे' भन्दै उनी थपछन 'अहिले मेरा लागि यति धेरै मान्छे जम्मा हुदा खुशी लाग्छ । म जुन ठाउँमा पुग्छु त्यहाँ मलाई कुरेर धेरै जना बस्नुभएको हुन्छ । म आउन साथ फोटो खिच्ने, भिडियो बनाउने अझ कोहि कोहि त म सङै अल्लि परसम्म हिड्नुपनि हुन्छ । अहिले अत्यन्तै हौसला मिलेको छ । "
बाटोभरी सर्वसाधारणले टिकटक बनाउने र फोटो खिचाउने तथा स्वागत सत्कारले दिनमा १०/१५ किमि मात्र हिंड्न सकिरहेको परियारले बताए । उद्देश्य बारे कुरा गर्न उनी भन्छन्, 'स्वास्थ्यको लागि उल्टो पैदल यात्रा हो ।'
मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषिले झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएका छन् ।
राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका परियार ठाउँअनुसारको भेषभूषा लगाउँछन् । मधेस प्रदेश टेकेपछि धोती-कुर्ता लगाएर आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि यो यात्रामा एक्लै छन् । तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीयहरू पनि सँगसँगै हिँड्छन् ।
यात्री परियारलाई देवदहका स्थानीयहरुद्वारा अबिर र खादा सहित सम्मान गरेका थीए भने पानी, फ्रुटी, कोक, विस्किुट लगायतका खानेकुराहरु समेत सहयोग गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology