Logo

२०८३, मंसिर ७गते


images
images

झापामा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध !

झापामा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध !

images
  • झापामा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध !
    images

    दमक । जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ मा हुने निर्वाचनमा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध गरेको छ ।

    images
    images
    images

    सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको बताउदै उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताएको हो ।

    images
    images

    झापाको क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेपछि झापा यस निर्वाचनको इपिसेन्टर बनेको छ । यसै सन्दर्भमा धेरै मिडिया झापा पुगेर पुगेर मतदातासँग मतदान बारे सोधपुछ गर्ने लागेपछि प्रशासनले सूचना प्रकाशित गरेर सचेत गराएको छ । 

    images

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झापा
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।