कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिका वडा न ३ वसन्त पाेखरीका भेषराज ज्ञवालीकाे दिनचर्या उज्यालो भएदेखि रात नपर्दासम्म बारीमा दगुर्दैमा बित्छ । कतिबेला कताबाट बाँदरका हुल बारीमा पस्छन थाहा छैन तर यहि खेतिपातिमा लाग्ने बाँदर यतिबेला ग्रामीण क्षेत्रमा समस्या बनेकाे छ ।
बाँदरकै दुखले पनि गाउँमा बस्न गाह्राे भाे ज्ञवालीले भने । 'कहिलेकाही भए त हुन्थ्यो बाह्रैमास बाँदरले दुख दिन थालेपछि त सकिने रैनछ,' ज्ञवालीकाे भनाई छ ।
हुनपनि बसन्तपाेखरी क्षेत्रमा बाँदर आतंक बढ्दो छ । वर्षामासमा बारिका मकै बाेडि फर्सि साेत्र्यान पार्छ र हिँउदमा तरकारी उँखू फलफुल खाएर हैरान पार्छ ।
खै कहाँबाट आउँछन, एउटै हुलमा तीन चारसय भन्दा बढि छन । एउटा हुल लखेट्याे अर्काे हुल आउँछ । यता लखेट्याे उता आउँछ उँखु भाँचेर उस्तै छ ।लगाएका आलु समेत खनेर खायाे हैरानै परियाे । माझगाउँका मुकुन्द ज्ञवालीले पीडा पोख्छन् ।
पछिल्लो समय याे पीडा रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ काे पयगमाझगाउँ खाेरबारी पाेखरा कारकाेट अँधेरीखाेला स्यालपाेखरी ठाँटि लगाएतका क्षेत्र सँगै रुरुक्षेत्रकाे च्यूरेक तिर पनि ढेँडुवा र बाँदरले सताएर हैरान पारेकाे छ ।
यहाँसम्म कि छानाबाट ढाेकाबाट घर भित्र पसेर भण्डारण गरेका मकै सर्वस्व पारेकाे मात्र छैन ।लखेट्दा झम्टिन आएकाे भुक्तभाेगिहरु बताउँछन् ।
गाउँमा मात्र हाेईन रिडी बजारमा समेत बाँदर आतँकले अक्रान्त छन रिडीवासी हरु । आँखा झिमिक्क गर्न हुन्न पसलबाट सामान फलफुल बाेकेर दगुर्छन । यति मात्र हाेईन फ्रिज खाेलेर फलफुल तरकारी र कुकरकाे बिर्काे खाेलेर भात समेत बाँदरले खाने गरेकाे अनुभव रिडीबजारका अजित श्रेष्ठ सुनाउँछन् ।
'ढेडुवा बाँदरकाे आतँककै कारणले पनि खेतिपाती गर्न मात्र हाेईन गाउँनै छाडेर हिँडमकि झैँ हुनथाल्याे' रुरुक्षेत्र १ का दिनानाथ ज्ञवालीले दुख पाेख्छन् ।
जँगल बढेसँगै जँगली जनावरकाे आतंक उत्ति बढेकाे छ । रातभरि लगाएकाे अन्नबालीमा मृग दुम्सीकाे राज छ । पालेका पशु चौपाया बाघले लतार्छ कि भन्ने डरत्रास र विहान देखि बाँदर र ढेँडुवाकाे आतँक ।
जँगली जनावरकाे बढ्दाे आतँक बसाई सराईकाे कारण बन्न थालेकाे पाईएकाे छ । दुखले उत्पादन गरेका कृषि जन्य उत्पादनमा जँगली जनावरकाे अधिपत्य बढ्नु र समस्या समाधान नभएपछि गाउँ छाडेर पलाएन हुँदै शहरकाे सुखकाे जीवन बिकल्प बनेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology