Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

बैंक युनियनको हड्तालपछि भारतका सार्वजनिक क्षेत्रका बैंक प्रभावित

बैंक युनियनको हड्तालपछि भारतका सार्वजनिक क्षेत्रका बैंक प्रभावित

images
  • बैंक युनियनको हड्तालपछि भारतका सार्वजनिक क्षेत्रका बैंक प्रभावित
    images
    images

    काठमाडौँ । यूनाइटेड फोरम अफ बैंक युनियन्सले पाँच दिनको कार्य हप्ताको माग गर्दै राष्ट्रव्यापी हडताल आह्वान गरेपछि भारतकाका सार्वजनिक क्षेत्रका बैंकहरूको सञ्चालन प्रभावित भएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार यूनाइटेड फोरम अफ बैंक युनियन्स बैंक अधिकारी र कर्मचारीहरूको प्रतिनिधित्व गर्ने नौ युनियनहरूको संयुक्त मञ्च हो ।

    images
    images
    images

    जनवरी २३ मा मुख्य श्रम आयुक्तसँग भएको मेलमिलाप बैठक निष्कर्षविहीन रहेपछि हडताल आह्वान गरिएको थियो । अखिल भारतीय बैंक कर्मचारी संघका महासचिव सीएच वेंकटचलमलेआफ्ना मागहरूमा सहमति नजनाएको र कुनै सकारात्मक परिणाम प्राप्त नाभ्येपाची हडतालमा जान बाध्य भएको बताएका छन् । बैंक कर्मचारी र अधिकारीहरू आफुहरुमाथि भेदभाव भइरहेको भन्दै आन्दोलनमा उत्रिएको बताइएको छ ।

    images
    images
    images

    हडतालका कारण, देशभरका अधिकांश सार्वजनिक क्षेत्रका बैंकहरूका शाखाहरू पूर्ण रूपमा बन्द वा आंशिक रूपमा खुला रहेको बताइएको छ ।

    उनीहरुका मुख्य माग बैंकहरूमा पाँच दिनको कार्य हप्ता लागू गर्नु हो, जसको अर्थ शनिबार र आइतबार दुवै बन्द हुनुपर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।