Logo

२०८३, कार्तिक २६गते


images
images

गुल्मीमा आदिबासि जनजाति तथा दलित सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

गुल्मीमा आदिबासि जनजाति तथा दलित सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

images
  • गुल्मीमा आदिबासि जनजाति तथा दलित सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
    images

    गोकर्ण पाण्डे, गुल्मी । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आदिबासि जनजाति तथा दलित सम्बन्धी ३ दिने नगर स्तरिय जनचेतना मुलक कार्यक्रम रेसुङ्गा नगरपालिका नगर कार्यापालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

    images
    images
    images


    जनचेतना मुलक कार्यक्रममा सहभागीलाई ७ वटा विषयमा लैङ्गिक हिंसा, जातिय भेदभाव, वार्षिक बजेट तर्जुमा  उद्घोषण, प्रजन्न स्वास्थ्य लगायतको विषयमा तालिम दिइएको थियो । 

    images
    images
    images


    कार्यक्रममा रेसुङ्गा नगरपालिकाको प्रत्येक वडाबाट चार चार  जना प्रतिनिधि हुने गरि कार्यक्रम गरिएको हो ।

    images
    images

    जनचेतना मुलक कार्यक्रममा दलित जनजाति, प्रजनल स्वास्थ्य लैंगिक हिंसाका कुराहरु सहभागिहरुलाई सिकाएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । 

    प्रशिक्षार्थी प्रशिक्षक बीच दोहोरो अन्तरक्रिया भइ प्रशिक्षक सन्तुष्टि र प्रशिक्षार्थी खुसी भएको  प्रमुख प्रशासकीय अधिकृत मरासिनिले बताए ।
    प्रशिक्षार्थीहरुलाई कार्यक्रममा सिकेका कुराहरुलाई आफ्नो समुदायमा गएर अरु व्यक्तिहरुलाई सिकाउन आग्रह गरे ।

    कार्यक्रममाअ दलित जनजातिका कुराहरु प्रशिक्षार्थीहरुलाई सिकाएको  रेसुङ्गा नगरपालिका वडा नं. १० का वडाध्यक्ष पदम प्रसाद अर्यालले बताए। 
    पालिकाहरुले योजना बनाउदा सक्रिय रुपमा सहभागि बनाउने  अर्यालले बताए ।
    यस्तै रेसुङ्गा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष थम्मन के. सीले जनचेतना मुलक कार्यक्रममा २ वटा समुदायलाई लक्षित गरि यो कार्यक्रम संचालन गरेको बताए ।
    के.सिका अनुसार दलित महिलाहरुको कार्यक्रम छुट्टाछुट्टै गर्दै आएको बताउदै दलित समुदायबाट सहभागि भइ सिकेकोमा धन्यवाद समेत  व्यक्त गरे ।
    कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डे, पार्वता पन्थी र पत्रकारहरुको उपस्थीति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।